नियम ३६
अधिकारी तोकिएको
(१) ऐनको दफा २१ को प्रयोजनको लागि सम्बन्धित जिल्ला जलस्रोत समितिलाई अधिकारी तोकिएको छ ।
(२) कुनै जलस्रोत प्रदूषित भए नभएको वा कुनै जलस्रोतको उपयोगको सम्बन्धमा ऐनको दफा १८ को उपदफा (१) बमोजिमको गुणस्तर भए नभएको सम्बन्धमा परीक्षण गर्ने गराउने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अधिकारीलाई हुनेछ।
(३) ऐनको दफा २२ को उपदफा (१), (२) र (३) बमोजिम सजाय गर्ने प्रयोजनको लागि जलस्रोत मन्त्रालयको सचिवलाई तोकिएको छ ।